काठमाडौँ। सत्ता गठबन्धनका तीन शीर्ष नेता नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ।
मंगलबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा शीर्ष नेताहरूबीच भेटवार्ता भएको हो। भेटमा राष्ट्रिय सभाको निर्वाचनका साथसाथै प्रधानमन्त्रीले लिने विश्वासको मतका सम्बन्धमा समेत छलफल भएको थियो।
राष्ट्रिय सभाको निर्वाचन ११ बजेर ९ मिनेटपछि बस्ने सभाको बैठकमा हुनेछ भने प्रधानमन्त्री प्रचण्डले भोलि बुधबार प्रतिनिधि सभामा विश्वासको मत लिने कार्यक्रम छ।
प्रधानमन्त्रीले विश्वासको मत पाए लगत्तै प्रदेश सरकार हेरफेरमा लाग्ने नयाँ गठबन्धनमा रहेका दलहरुको तयारी छ। यस सन्दर्भमा समेत शीर्ष नेताहरुबीच छलफल भएको छ।