चार दलबिच भएको ८ बुँदे सहमतिमा एकीकृत समाजवादीद्वारा पनि हस्ताक्षर

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले राष्ट्रियसभा अध्यक्षका उम्मेदार नारायण दाहाललाई मत दिने भएको छ। 

लिखित सहमतिबिना प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत नदिने अडान लिएको थियो। संसद् भवन नयाँ बानेश्वरमा बसेको सत्तारुढ दलका शीर्ष नेताहरूबीच सहमति भएपछि एकीकृत समाजवादीले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा भाग लिने भएको हो। 

यसअघि चार दलबिच भएको ८ बुँदे सहमतिमा पनि एकीकृत समाजवादीले हस्ताक्षर गरेकाे छ। यस्तै आज हुने राष्ट्रिय सभा अध्यक्ष निर्वाचनमा एकीकृत समाजवादीले मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएकाे छ। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us