दीपक मनाङे बने भौतिक पूर्वाधार मन्त्री

पोखरा । एकीकृत समाजवादी त्याग्दै स्वतन्त्र सांसदको हैसियतमा आएका राजीव गुरुङ उर्फ दीपक मनाङे मन्त्री बनेका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गरेका हुन् ।केन्द्रमा समीकरण फेरिएपछि मुख्यमन्त्री पाण्डेले माओवादी मन्त्रीलाई बर्खास्त गरेर भौतिक र सामाजिक विकास मन्त्रालय आफैँसँग राखेका थिए । यस्तै, सामाजिक विकास मन्त्रालयको जिम्मेवारी महेन्द्रध्वज जिसीलाई दिइएको छ ।

स्वतन्त्र रुपमा उम्मेदवारी दिएर सांसद बनेपछि नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका मनाङेले पुनः स्वतन्त्र सांसद बन्नका लागि आइतबार प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए ।

केन्द्रमा सत्ता समीकरण परिवर्तन भएसँगै प्रदेशमा पनि काँग्रेस नेतृत्वको सरकार धरापमा छन् । जसअन्तर्गत मुख्यमन्त्री पाण्डेले आफू नेतृत्वको सरकारको बहुमत बनाउनका लागि मनांगेलाई मन्त्री नियुक्त गर्नुभएको हो ।

पाण्डेले आफ्नो सरकार टिकाउन मनाङेसँगै, माओवादी केन्द्रको चुनाव चिन्हबाट जितेका नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा र राप्रपाको समर्थन खोजिरहनुभएको छ ।

नवनियुक्त मन्त्रीले दिउँसो साढे ३ बजे सपथ लिँदैछन् ।

#दीपक मनाङे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us