पहिलो महिला क्रिकेट कप्तान नेरीले सन्न्यास

 राष्ट्रिय महिला क्रिकेट टोलीकी पहिलो कप्तान नेरी थापाले अन्तर्राष्ट्रिय र घरेलु दुबै क्रिकेटबाट सन्न्यासको‌ घोषणा गरेकी छिन् ।

१७ वर्ष लामो क्रिकेट यात्रामा साथ दिने आफ्नो परिवारलाई विशेष धन्न्यावाद दिँदै नेरीले सोमबार सामाजिक सञ्जाल फेसबुक मार्फत सन्न्यास लिएको घोषणा गरेकी हुन्।

‘म आज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गर्दैछु। क्रिकेट जीवनमा उतार चढाव भएपनि यो १७ वर्ष अविश्वसनीय रह्यो, उनले लेखेकी छिन्, खेल जीवनबाट सन्यास लिएको हुँ सम्झनाबाट हैन ।’

उनले अगाडि भनेकी छन्, मेरो यात्रामा साथ दिने र हौसला बढाउने सबैलाई धन्यवाद दिन्छु। विशेष गरी मेरो परिवारलाई धन्यवाद दिन्छु जसले मलाई यात्रामा सधैं साथ दिनुभयो। मलाई आशा छ यो यात्रा क्रिकेटबाट सन्न्यास हो, तर जीवनबाट होइन।’

नेरीले बाँके जिल्ला क्रिकेट संघ, नेपाल क्रिकेट संघ, लुम्बिनी क्रिकेट प्रदेश संघ र एपिएफलाई धन्यवाद दिएकी छन्।

नेरीको कप्तानीमा नेपालले सन् २००७ मा पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेटमा भाग लिएको थियो। उनको कप्तानीमा नेपालले एसीसी वुमन्स प्रतियोगिताको फाइनल पुगेको थियो ।

पछिल्लो समय टोलीमा नरहेकी उनी एपिएफबाट घरेलु क्रिकेट खेल्दै‌आएकी थिइन्। बाँके नेपालगञ्जकी नेरीले २००७ देखि झन्डै १२ वर्ष राष्ट्रिय टोलीबाट खेलेकी थिइन् ।

२०११ सम्म टोलीको नेतृत्व गरेकी नेरीको कप्तानीमा नेपालले २००८ मा थाईल्यान्डमा एसीसी यू-१९ वुमन्स च्याम्पियनसिप र २०१० मा सिंगापुरमा एसीसी यू-१९ वुमन्स च्याम्पियनसिपको उपाधि जितेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us