त्रिभुवन आर्मी क्लबको आठौं आरबीबी एनभिए महिला भलिबल च्याम्पिनसिपमा पहिलो जित

 त्रिभुवन आर्मी क्लबको महिला टोलीले आठौं आरबीबी एनभिए भलिबल च्याम्पिनसिपमा पहिलो जित दर्ता गरेको छ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा जारी च्याम्पियनसिपको चौथो दिन मंगलबार आर्मीले कोशी प्रदेशलाई ३-० ले हराएको हो । आर्मी २५-१६,२५-२३, २५-७ ले विजयी‌ भएको हो । पहिलो खेलमा एभरेष्ट भलिबल क्लबसँग पराजित आर्मीले सेमिफाइनल पुग्नका लागि नेपाल पुलिस क्लबलाई जित्नै पर्ने हुन्छ। दुई खेल जितिसकेको एभरेष्टले आज एक खेल जितेको पुलिसको सामना गर्नेछ।

अर्को समूहमा एपिएफ र चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिमले समान १ / १ खेल जितेका छन् । मधेशले एक खेल गुमाएको छ। महिलातर्फ समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन्।

पुरुषतर्फ आज पनि ४ खेल हुनेछन् । पुरुषतर्फ अहिलेसम्म एपिएफ, सुदुरपश्चिम प्रदेश, पुलिस र बुढानिलकण्ठ क्वाटरफाइनलमा पुगिसकेका छन्।

पुरुषतर्फ समूह ए मा हेल्प नेपाल स्पोर्ट्स क्लब, कोशी प्रदेश र ढोरपाटन क्लब छन् । समूह बी मा नेपाल एपिएफ क्लब, सुदूरपश्चिम प्रदेश र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र छन् । समूह सी मा नेपाल पुलिस क्लब, कर्णाली प्रदेश र बुढानिलकण्ठ भलिबल क्लब छन् ।

समूह डी मा त्रिभुवन आर्मी क्लब, गण्डकी प्रदेश, मणिमुकुन्द भलिबल क्लब र न्युटन भलिबल क्लब छन् । राउन्ड रोविन लिगपछि समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा पुग्नेछन् ।

नेपाल भलिबल संघको आयोजना तथा राष्ट्रिय वाणिज्य बैंकको मुख्य प्रायोजनमा ८ दिनसम्म चल्ने प्रतियोगितामा महिलातर्फ ७ र पुरुषतर्फ १३ टोलीको सहभागिता छ । दुवैतर्फको विजेता टोलीले ५ लाख, दोस्रो टोलीले २ लाख र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us