गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले गरे सरकारी गाडी फिर्ता

खोटाङ । खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन् ।  गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गर्नुभएको हो । ऐसेलुखर्क गाउँपालिकामा अध्यक्षको प्रयोजनका लागि २०७४ सालमा र उपाध्यक्षको प्रयोजनका लागि २०७५ सालमा गाडी खरिद गरिएको थियो । जनताको नासोको रूपमा प्रयोग गर्दैआएको गाडी फिर्ता गरिएको गाउँपालिका अध्यक्ष निरौलाले बताउनुभयो । 

गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दै आएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा २ झ ४३९४ नम्बरको गाडीको चाबी गाउँपालिकाकी प्रमुख प्रशासकीय अधिकृत हिराकुमारी यादवलाई हस्तान्तरण गर्नुभएको हो । गाउँपालिका अध्यक्ष निरौला र उपाध्यक्ष भुजेलले निर्वाचन आचार संहिता लागू हुन लाग्दा गाडी फिर्ता गर्नुभएको हो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us