त्रिचन्द्र क्याम्पसमा होली मिलन कार्यक्रम सम्पन्न

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्व-प्रधानमन्त्री झलनाथले एकीकृत समाजवादीले अघि सारेको समाजवादको नारा सिङ्गो मुलुकको नारा भएको दाबी गर्नु भएको छ। 

साथै उहाँले नेपाली युवा विद्यार्थीहरू समाजवादको बाटोमा एकतावद्ध भएर लाग्नेमा आफू विश्वस्त रहेको बताउनु भयो।आइतबार अनेरास्ववियू त्रिचन्द्र कम्याम्पस कमिटीले आयोजना गरेको होली मिलन कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले उक्त कुरा बताउनु भएको हो।

अनेरास्ववियूलाई क्रान्तिकारी र समाजवादी संगठनका रुपमा स्थापित गर्नका निम्ति खटिरहेका नेताहरूलाई धन्यावद दिदै नेता खनालले अगाडि भन्नुभयो, ‘विद्यार्थी नेताहरूले होली पनि मनाउनुहोस्। साथसाथै देश बनाउने संकल्पसमेत तय गर्नुहोस्। आज जताततै भ्रष्टचार छ। अनियमितता छ। विभेद, अन्याय, अत्याचार छ। यसको अन्त्यगर्ने व्यवस्था भनेको समाजवादी व्यवस्था हो।’ 

समाजवादी व्यवस्था स्थापनाका निम्ति विद्यार्थीहरू सक्रिय हुनुपर्ने बताउदै नेता खनालले भन्नुभयो, ‘हाम्रो पार्टीले उठाएको समाजवादको नारा सबैको नारा हो। मुलुकको नारा हो। सुशी नेपाली, समृद्ध नेपाली हामीले नै तयार गरेको नारा हो। मलाई विश्वास छ, हाम्रा युवाहरू एकजुट हुनुहुनेछ र हाम्रो देशलाई प्रगतिको दिशामा अघि बढ्नबाट रोक्नखोज्ने जोकोही साम्राज्यवादी र दक्षिणपन्थी अवसरवादका विरुद्ध लड्नु हुनेछ।’ 

अनेरास्ववियू त्रिचन्द्र क्याम्सप कमिटी अध्यक्ष सुवास बिडारीको अध्यक्षतासम्पन्न कार्यक्रममा संगठनका पूर्वअध्यक्ष तथा पार्टी केन्द्रीय सदस्य सुदेश पराजुली, पार्टीको विदेश विभाग सचिव डा.शंकर खतिवडा, राष्ट्रिय जनसाँस्कृतिक महासंघका अध्यक्ष कृपाराम शर्मा धमाला र महासचिव ऋषि अधिकारी, संगठनका कार्यबहाक अध्यक्ष नरेश न्यौपाने, केन्द्रीय कार्यालय सदस्य मिलन राई, महासचिव महेश श्रेष्ठ, नेताहरू सुमन कार्की, बालकिशोर माझी, तर्क शाही, मानसिंह धामी, हर्कबहादुर बम, विकासजंग शाही, टेक बटाला, रामबहादुर मल्ल, प्रिया देवकोटा, केशव कुँवरलगायतको उपस्थिति रहेको थियो। 

कार्यक्रममा चर्चित कमेडियन अमरेन्द्र यादव, सिम्रन दुलाललगायतका कलाकारहरूले आफ्ना प्रस्तुती राख्नु भएको थियो। 

6d6fb1df-ebfe-481e-9755-127ecfc327cb-1711280929.jpeg
346f6933-81e6-4518-9135-6f64bd86b41a-1711281390.jpeg
6d344a16-7428-41c1-aa04-dff61a385e08-1711281131.jpeg
861b683b-755e-4829-b5d5-a0e0a3b84457-1711280929.jpeg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us