अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले नेदरल्यान्डलाई हरायाे

एजेन्सी – तीन वर्षपछि राष्ट्रिय टोलीका फर्किएका मिडफिल्डर टोनी क्रुसको उच्च प्रदर्शनमा जर्मनीले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा नेदरल्यान्ड्सलाई पराजित गरेको छ । जर्मनीले १–० ले पछि परेको स्थितिमा नेदरल्यान्ड्समाथि २–१ को पूनरागमन जित निकालेको हो ।

फ्रान्कफुर्ट जर्मनीमा मंगलबार राति भएको खेलमा घरेलु टोलीको जितमा म्याक्सिमिलियन मिटलस्टेड र निकलस फुल्करगले गोल गरे । नेदरल्यान्ड्सका जोए भिरमानको गोल सान्त्वना बन्यो ।

खेलको चौथो मिनेटमा नै जोए भिरमानको गोलबाट घरेलु टोली जर्मनी खेलमा पछि पर्यो । म्याक्सिमिलियन मिटलस्टेडको गल्तीमा मेम्फिस डिपाएले दिएको क्रसमा भिरमानले सहजै गोल गरे ।

अघिल्लो गोलमा गल्ती गरेका म्याक्सिमिलियन मिटलस्टेडले ११औं मिनेटमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले जमल मुसिएलाको पासलाई सदुपयोग गरे ।

घरेलु मैदानमा पाहुना टोलीमाथि ६२ प्रतिशत बल पोसेसन राखेको जर्मनीको अर्काे गोलको लागि भने खेलको अन्तिम समय नै कुर्नुपर्यो । ७३औं मिनेटमा काई हाभर्टजको स्थानमा मैदान छिरेका निकलस फुल्करगलेले ८५औं मिनेटमा गोल गर्दै जर्मनीलाई पूनरागमन जित दिलाए ।

निकलस फुल्करगले टोली क्रुसको पासमा गोल गर्न सफल भए । यसै मार्च महिनाको अन्तर्राष्ट्रिय ब्रेकको समयमा झन्डै तीन वर्षपछि सन्यास फिर्ता लिदै राष्ट्रिय टोलीमा फर्किएका स्पेनिस क्लब रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले पछिल्लो दुई खेलमा गोल गर्न नसकेपछि दुई असिस्ट प्रदान गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *