चेन्नाईको लगातार दोस्रो जित

एजेन्सी – इंडियन प्रिमियर लिग (आईपिएल) को १७औं संस्करणमा साविक विजेता चेन्नाई सुपर किंग्सले लगातार दोस्रो जित दर्ता गरेको छ । दोस्रो जित दर्ता गर्ने क्रममा चेन्नाईले गुजरात टाईटन्स माथि ६३ रनको फराकिलो जित दर्ता गरेको हो ।

२०७ रनको विशाल लक्ष्य पछ्याएको गुजरातले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो ।

गुजरातका लागि साई सुदर्शनकक ३७ रन नै सर्वाधिक स्कोर रहन पुग्यो । यस्तै रिद्धिमान शाह र डेभिड मिलरले समान २१ रन बनाए । अन्य व्याटरले सम्झनलायक प्रदर्शन गरेनन् ।

चेन्नाईका लागि मुस्तफिजुर रहमान, तुशान देशपाण्डे र दीपक चहरले समान २-२ तथा ड्यारेल मिचेल र म पाथीरानाले समान १-१ विकेट लिए ।

त्यसअघि चेपकमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रन जोड्यो ।

चेन्नाईका लागि शिभम दुबेले २३ बलमा ५१ रनको सानदार इनिङ खेले । रचिन रवीन्द्रले २० बलमा ४६ रनको विष्फोटक इनिङ खेले । यस्तै कप्तान रुतुराज गाइक्वाडले ३६ बल खेलेर ४६ रन नै बनाए ।

मिचेल २४ रनमा नटआउट रहे । गुजरातका लागि राशिद खानले २ तथा साई किशोर, स्पेन्सर जोन्सन र मोहित शर्माले समान १-१ विकेट लिए ।

गुजरातले पहिलो खेलमा मुम्बई इंडियन्स विरुद्ध जित निकालेको थियो भने चेन्नाईमेल रोयल च्यालेन्जर्स बेंगलूरुलाई हराएको थियो ।आईपिएलमा भोलि मुम्बई र सनराईजर्स हैदराबाद भिड्ने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *