भीआईपी सुरक्षा सुविधाबारे बाेले गृहमन्त्री

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले भीआईपीलाइ सुरक्षा सुविधाको नाममा राष्ट्र सेवकहरू कसैको भाँडा माज्न र लुगा धुन नजाने बताएका छन् । कसैलाई सुरक्षा चुनौती भए प्रशासनले सुरक्षा दिने उनले बताए ।

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका बुधवार सांसदहरूले उठाएका प्रश्नको जवाफमा मन्त्री लामिछानेले कसैको प्रतिष्ठाका लागि सुरक्षाकर्मी अगाडि पछाडि लागेर नहिँड्ने बताएका हुन् ।

‘सुविधाका नाममा हाम्रा राष्ट्र सेवकहरू कसैको भाडा माझेर बस्दैनन्, कसैको लुगा धोएर बस्दैनन् र कसैको प्रतिष्ठाको लागि त्यत्तिकै अगाडि पछाडि हिँड्दैनन्’, लामिछानेले भने, ‘सुरक्षा चुनौती छन भन्ने हाम्रो जिम्मेवारी हो । सुरक्षाकर्मी राख्ने कुरालाई कसैले प्रतिष्ठाको विषयमा बनाउने कुरामा समितिको समर्थन रहँदैन होला ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us