नेपाल र गुजरात आज खेल्दै

काठमाडौं (१८ चैत्र ) – एसएमएस फ्रेन्डशिप कप त्रिकोणात्मक टि-२० शृंखलाको लागि गुजरातको वापी पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज पहिलो खेलमा गुजरातको सामना गर्दैछ । खेल नेपाली समय अनुसार दिउँसो २:४५ बजे सुरु हुनेछ ।

नेपाल आउँदै गरेको एसिसि प्रिमियर कप तथा विश्वकपको तयारीका लागि यो त्रिकोणात्मक शृंखला खेल्दैछ । नेपाल र गुजरात बाहेक यस प्रतियोगितामा बरोडा रहेको छ । नेपालले दोस्रो खेलमा अप्रिल २ मा बरोडाको सामना गर्नेछ ।

यस्तै अप्रिल ३ मा पुनः गुजरात विरुद्ध खेल्नेछ भने अप्रिल ५ मा बरोडा विरुद्ध दोस्रो खेल खेल्नेछ । प्रतियोगिताको राउण्ड रोबिन चरणमा शीर्ष रहने २ टोलीले प्रतियोगिताको फाइनल खेल्नेछन् ।

नेपालले हालैमा आयरल्यान्ड वल्भसविरुद्ध दुई टि-२० को शृंखला खेलेको थियो । नेपाल दुवै खेलमा विजयी भएको थियो । नेपालले सोही शृंखलामा खेलेको स्क्वाडलाई गुजरात पठाएको छ ।

नेपाली टोली:

रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दिप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा, आकाश चन्द, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, प्रतिश जिसी

फ्रेन्ड्सिप कप तालिका:

मार्च ३१ : नेपाल – गुजरात

अप्रिल १ : गुजरात – बरोडा

अप्रिल २ : नेपाल – बरोडा

अप्रिल ३ : नेपाल – गुजरात

अप्रिल ४ – बरोडा – गुजरात

अप्रिल ५ : नेपाल – बरोडा

अप्रिल ७ : फाइनल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us