नेपाल ‘ए’ ले आयरल्यान्ड वल्भ्सविरुद्ध जारी टि२० सिरिजको तेस्रो तथा अन्तिम खेलमा टस हारेको छ । टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयरल्यान्ड वल्भ्सका कप्तान निल रकले टस जितेर फिल्ड गर्ने निर्णय लिएका हुन् । नेपालले आज टोलीमा एक परिवर्तन गरेको छ । पछिल्लो खेलबाट किरण ठगुन्नाको स्थानमा नारायण जोशी टोलीमा आएका छन्
