साझेदारी कार्यक्रम संचालन सम्बन्धी सम्झौता

काठमाडौं, ११ वैसाख । श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लिमिटेड रुपन्देही र प्रदेश कृषि सहकारी संघ लिमिटेड बाग्मती बीच बैशाख ९ गते आइतबार साझेदारी कार्यक्रम संचालन सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।
बाग्मती प्रदेशमा रहेका कृषि सहकारीमा आवद्ध शेयर सदस्यहरुलाई सेवा पु¥याउने उद्देश्यले सो सम्झौता भएको हो । यसै दिन अन्य ९ ओटा साना किसान कृषि सहकारी संस्था लि. बीच पनि साझेदारी कार्यक्रम संचालन सम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।

जसमा साना किसान कृषि सहकारी संस्था लि. सलाङ, भुमेस्थान, मुरलीभञ्ज्याङ, प्रतिबिम्ब, पारिजात, श्रीकृष्ण, पाथिभरा, दुईपिपल र चैनपुर रहेका छन् ।
सम्झौतामा ग्रामीण कृषि सहयात्री छनौट गर्ने, श्री साना किसान कृषि केन्द्र स्थापना गर्ने, कृषकका लागि तालिम संचालन गर्ने, वित्तिय पहुँच तथा बजारिकरणमा मद्दत गर्ने जस्ता विषयमा रविलाल आचार्यले जानकारी गराए ।

कार्यक्रमको संचालन श्रीनगर एग्रिटेक इन्डस्ट्रिज लि. का दिनेश क्षेत्रीले गरेका थिए । प्रमुख अतिथिमा नेपाल कृषि केन्द्रीय सहकारी संघ लि. का अध्यक्ष खेम बहादुर पाठक एंव बागमती प्रदेश कृषि सहकारी संघ लि. का अध्यक्ष दिल्ली प्रसाद पाठकको अध्यक्षता मा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रममा श्रीनगर एग्रिटेकका प्रमुख सतीश चन्द श्रेष्ठ र प्रोजेक्ट म्यानेजर निर्णय भट्टको पनि उपस्थिति थियो । कार्यक्रममा यसको उद्देश्य र यसले पार्ने प्रभावका साथै प्रदेश संघ र साना किसान कृषि सहकारी संस्था लि. को भूमिका बारेमा जानकारी गराइएको छ ।

श्रीनगर एग्रिटेक इण्डष्ट्रिज लि. विगत २२ वर्षदेखि कृषिक्षेत्र र किसानको एकिकृत सेवामा जुट्दै आएको छ । श्रीनगरले किसानलाई आवश्यक कुखुराको चल्ला उपलब्ध गराउनुका साथै माछा र कुखुराको पोषणयुक्त दाना समेत आवश्यकता अनुसार उत्पादन गर्दै आएको छ । साथै कम्पनीले कृषिमा साझेदारी कार्यक्रम अनुसार श्री साना किसान कृषि केन्द्र मार्फत कृषकलाई पोषणयुक्त दाना, कृषि प्रविधि, प्राविधिक तालिम तथा अन्य सेवाहरु पनि प्रदान गर्ने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us