अटो टेम्पो दुर्घटना, एक जनाको मृत्यु

विराटनगर । मोरङको अलगअलग स्थानमा अटो टेम्पो र साइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। लेटाङ नगरपालिका–३ स्थित भित्री सडकखण्डमा को २ ह ३२०८ नम्बरको अटो आफैं अनियन्त्रित भएर शुक्रबार बिहानका राति २ बजेतिर दुर्घटना भएको छ। दुर्घटनामा अटो चालकको मृत्यु भएको छ। अटोमा सवार अर्का व्यक्ति घाइते भएका छन्।
लेटाङबाट कानेपोखरीतर्फ आउँदै गरेको अटो दुर्घटना हुँदा चालक कानेपोखरी गाउँपालिका–७ का ४१ वर्षीय ओमनारायण श्रेष्ठको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक सुमन न्यौपानेले बताए। उनका अनुसार दुर्घटना परेर गम्भीर घाइते भएका श्रेष्ठको उपचारका क्रममा लेटाङ एड्भान्स हेल्थ केयर सेन्टरमा २:४० बजेतिर मृत्यु भएको हो।

दुर्घटनामा परेर अटोमा सवार कानेपोखरी–७ का ३१ वर्षीय पूर्णबहादुर तामाङ घाइते भएका छन्। गम्भीर अवस्थाका उनलाई उपचारका लागि विराटनगरको न्युरो अस्पतालमा भर्ना गरिएको छ। अटोको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *