भैरहवा । रुपन्देहीको भैरहवामा भएको माछापुच्छ्रे कप फुटबलको उपाधि लुम्बिनी खुकुरी क्लबले जितेको छ । सिद्धार्थनगर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको फाइनल खेलमा लुम्बिनी खुकुरी क्लब,बेलहियाले माछापुच्छ्रे क्लब,झन्डीबजारलाई ट्राइ बेकरमा ४–२ गोल फरकमा जित निकालेको हो।
दुवै टिम बिचको फाइनल खेलमा निर्धारित समयमा १–१ गोलको बराबरी पछी खेल ट्राइ बेकरमा पुगेको थियो। माछापुच्छ्रेका मिसन दर्लामीले खेलको पहिलो हाफको ३९ औं मिनेटमा १ गोल गरेका थिए भने लुम्बिनी खुकुरी क्लबका सुरज घलानले खेलको अतिरिक्त समयमा गोल गरेका थिए।
खेलभरिको सर्वोत्कृष्ट खेलाडीमा माछापुच्छ्रे क्लबका खेलाडी बिनय थापा घोषित भए । प्रतियोगितामा विजयी टिम र खेलाडीहरू प्रमुख अतिथी सिद्धार्थनगर नगर पालिकाका प्रमुख हरि प्रसाद अधिकारीले पुरस्कृत गरे । २८औं माछापुच्छ्रे कप फुटबल चैत १० गतेबाट पक्लिहवा कृषि क्याम्पसको खेल मैदानमा हुँदै आएको थियो ।
खेलको ट्राइ बेकरमा ४/२ गोल फरकमा लुम्बिनी खुकुरी क्लब बिजयी भयो । खेलभरिको सर्वाधिक गोलकर्तामा भैरव एफ सी,नवलपरासीका मनिस चौधरी तथा युनाइटेड एफ सी, देवीनगर का मिलन आले घोषित भए । दुवै जनाले चार (चार गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा पुरस्कृत भए।