रौतहट । रौतहटको माधवनारायण वडा नम्वर ३ स्थित जयनगरमा नवनिर्मित गजेन्द्र स्मृति अस्पतालको उद्घाटन गरिएको छ।
गजेन्द्रनारायण सिंह स्मृति प्रतिष्ठान द्वारा निर्मित तीन सय सैयाको अस्पतालको राष्ट्रपति विद्या देवी भण्डारीले आइतबार उद्घाटन गर्नुभएकाे हाे ।
डाक्टर डिम्पल झाले स्वास्थ्य अवस्था अत्यन्तै दयनीय भएपनि आफूले देखेको सपना आज पूरा भएको बताउनुभयो । उहाँले अस्पतालको बेडबाट आफू आएको हुँदा अस्पताललाई अघि बढाउन सबैको जिम्मेवारी रहेको र सबै समुदायको धरोहर रहेकाले यसलाई जगेर्न गर्नु पर्ने बताउनुभयो ।