अध्यक्ष नेपालको संयोजकत्वमा १ हजार १सय ११ सदस्यीय निर्वाचन परिचालन समिति गठन

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले पार्टी अध्यक्ष माधवकुमार नेपालकाे संयाेजकत्वमा निर्वाचन परिचालन समिति गठन गरेकाे छ ।

आगामी  बैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि अध्यक्ष नेपालको संयोजकत्वमा १ हजार  १११ सदस्यीय निर्वाचन परिचालन समिति गठन भएको हो। गठित सचिवालयमा प्रकाश ज्वाला, गंगालाल तुलाधर, डा विजयकुमार पौडेल, जगन्नाथ खतिवडा, जीवनराम श्रेष्ठ, विश्वनाथ प्याकुरेल, सोमप्रसाद पाण्डे, केदार सञ्जेल, सूर्य खत्री र द्रोणाचार्य क्षेत्री सदस्य रहनुभएकाे बताइएकाे छ ।

समितिमा केन्द्रीय कमिटी, तीन वटै केन्द्रीय आयोग, केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय जेष्ठ कम्युनिष्ट मञ्चका सबै पदाधिकारी एवं सदस्यहरु, केन्द्रीय परिषद सदस्यहरु, प्रदेशका पदाधिकारीहरु, जिल्ला अध्यक्षहरु, जनसङ्गठनका केन्द्रीय पदाधिकारीहरुलाई समेटिएको पार्टीले जनाएको छ।

त्यस्तै, पार्टीका महासचिव बेदुराम भुसालको संयोजकत्वमा निर्वाचन परिचालन केन्द्रीय सचिवालयसमेत गठन गरिएकाे पार्टी स्राेतले जनाएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us