
काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) को १७औं स्थायी कमिटी बैठक सम्पन्न भएको छ।
शनिबार र आइतबार दुईदिन चलेको स्थायी कमिटी बैठकमा अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित २७ जनाले आफ्ना कुरा राख्नु भएको थियो ।
काठमाडौँको आलोकनगरस्थित पार्टी मुख्यालयमा सम्पन्न स्थायी कमिटी बैठकमा अध्यक्ष नेपालले राष्ट्रिय महाधिवेशनका लागि तयार पारेको राजनीतिक प्रतिवेदनको मस्यौता प्रस्तुत गर्नुभएको थियो।
त्यसैगरी सम्मानित नेता झलनाथ खनालले पार्टीको समाजवादी कार्यक्रम, महासचिव घनश्याम भुसालले सांगठानिक प्रतिवेदन, उपाध्यक्ष डा.वेदुराम भुसालले विधान संशोधन प्रतिवेदनको मस्यौदा बैठकमा प्रस्तुत गर्नु भएको छ। सोमबार पोलिटब्यूरोको बैठक बस्नेछ।