इन्द्रसरोवर गाउँपालिका कमिटीको चौथो अधिवेशन सम्पन्न

काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) मकवानपुर इन्द्रसरोवर गाउँपालिका कमिटीको चौथो अधिवेशन सम्पन्न भएको छ। 

शनिबार पार्टी केन्द्रीय सदस्य तथा मकवानपुर सहइन्चार्ज, राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाको प्रमुख आतिथ्यतामा उक्त अधिवेशन सम्पन्न भएको हो।

कुन्छाङ लामाको अध्यक्षमा सम्पन्न भएको अधिवेशनमा पार्टी केन्द्रीय निर्वाचन आयोग सदस्य रामचन्द्र बलको विशेष उपस्थिति रहेको थियो। 

त्यस्तै मकवानपुर जिल्ला किमिटी अध्यक्ष विष्णुप्रसाद दाहाल, उपाध्यक्ष किरणमान बल, उपसचिव किशोर बर्तौला, सम्पर्क विशेष प्रदेश कमिटीका सदस्य नवराज वस्ती, प्रदेश कमिटी सदस्य तथा गाउँपालिका निवर्तमान अध्यक्ष जीवन लामालगायतको उपस्थिति रहेको थियो।  

अधिवेशनले अध्यक्षमा मन बहादुर स्याङतान्, उपाध्यक्षमा गुणराम रुम्बा, सचिवमा उमेश बस्नेत, उपसचिवमा सम्झना परियार र पुस्कल गोलेलाई चयन गरेको छ । स्याङ्तानको अध्यक्षमा २५ सदस्यीय पालिका कमिटी गठन भएको छ। 

sajilomediako...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us