झापा । हावाहुरी र पानीसँगै आज दिउँसो परेको चट्याङले लागेर गौरादह नगरपालिकाकी एक महिलाको मृत्यु भएको छ।
प्रहरीका अनुसार चट्याङ लागेर गौरादह नगरपालिका–५ की ४० वर्षीया मनमाया थापाकाे मृत्यु भएकाे हाे ।
आज दिउँसो १ बजे घर नजिकै काम गरिरहेको अवस्थामा हावाहुरी र पानीसँगै परेको चट्याङले लागी घाइते भएकी थापालाई उपचारका लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।