धुर्कोट गाउँपालिकाको आयोजनामा धुर्कोट गाउँपालिकामा कार्यरत कर्मचारीहरुका लागि कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धि ४ दिनसम्म सन्चालन भएको आधारभूत तालिमको आज धुर्कोट गाउँपालिकाको सभाहलमा समापन भएको छ ।
कार्यालय व्यवस्थापन तथा सेवा प्रवाह सम्बन्धि आधारभूत तालिमको सहजीकरण प्रशिक्षक प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद शर्मा, जिल्ला समन्वय अधिकारी जगदिश अर्याल, कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख हरिहर शर्मा तिवारी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत नारायण घर्ती, धुर्कोट गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थी र जिल्ला समन्वय समिती शाखा अधिकृत सृजना मिश्रले गर्नु भएको थियो ।
उक्त कार्यक्रममा प्रशिक्षकलाई मायाको चिनोले सम्मान र सहभागीहरुलाई प्रमाण पत्र प्रदान गरिएको थियो ।
धुर्कोट गाउँपालिकाका अनुसार धुर्कोट गाउँपालिका कार्यबाहक अध्यक्ष सीता गिरीको अध्यक्षता रहेको उक्त कार्यक्रमको सन्चालन प्रमुख प्रशासकीय अधिकृत ज्ञानुराम पन्थीले गर्नु भएको थियो ।
