कैलाली । कैलालीमा श्रीमतीले आफ्नै श्रीमानको टाउको छिनाएर हत्या गरेकी छन् । जिल्लाको मोहन्याल गाउपालिका वडा नम्बर १ ,स्थित राक्सामा घर भएकी चुमाकुमारी थापा बुढामगरले ४३ वर्षीया नारायण बुढा मगरको हत्या गरेकी हुन् ।
चुमाले आइतबार राति धारिलो हतियारको प्रयोग गरेर श्रीमानको हत्या गरेको स्विकार्दै ईलाका प्रहरी कार्यालय पणडौनमा आफैंले जानकारी गराएकी हुन् ।
मृतक नारायण बुढा मगरको टाउको र शरीर अलग पारिएको अवस्थामा भेटिएको प्रहरीले जानकारी दिएको छ । मृतकको मुचुल्का उठाउन र दोषीलाई पक्राउ गर्न जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलमा प्रहरी टोली खटाइएको जिल्ला प्रहरी कार्यलय कैलालीका प्रवक्ता बेदराज जोशीले जानकारी दिनुभयो ।