विवेकशील साझाले काठमाडौंको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने

काठमाडौं । विवेकशील साझा पार्टीले काठमाडौं महानगरपालिकाको मेयर पदमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।  सोमबार बसेको विवेकशील साझाको केन्द्रीय समिति बैठकले कीर्ति तुलाधरलाई उपमेयर पदको उमेदवार बनाउने निर्णय पनि गरेको छ।  

‘देशको राजधानी इमानदार, सक्षम र परिपक्व दुईजना महिलालाई जिम्मा लगाऊँः राजधानीको गौरव पुनर्स्थापित गरौँ” भन्ने नाराका साथ दुईजना महिला उमेदवार अघि सार्ने निर्णय भएको अध्यक्ष रवीन्द्र मिश्रले जानकारी दिनुभयो ।  यस्तै, कीर्ति तुलाधर विवेकशील साझा पार्टीकी केन्द्रीय सदस्य हुनुहुन्छ । उहाँ नेपाल जेसीजको राष्ट्रिय अध्यक्ष समेत हुनुभएको छ । शिक्षा विषयमा स्नातकोत्तर गरेकी ६२ वर्षीय तुलाधर हाल विभिन्न संघसंगठनको नेतृत्वदायी भूमिकामा हुनुहुन्छ । 

दुबै उमेदवारले आफ्नो संयुक्त घोषणापत्र छिटै पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने सो पार्टीले जनाएको छ । समीक्षा बास्कोटा विवेकशील साझा पार्टीको बागमती प्रदेशकी पूर्व संयोजक तथा हाल केन्द्रीय समितिकी सदस्य हुनुहुन्छ । ३८ वर्षीय बास्कोटाले काठमाडौँ स्कुल अफ लबाट कानुनमा स्नातक गरेर अमेरिकाबाट कानुनमैं स्नातकोत्तर गर्नुभएको छ ।

उहाँ गएको निर्वाचनमा काठमाडौँ क्षेत्र नं १ ‘क’ बाट प्रदेशसभाको उमेदवार बन्नुभएको थियो । त्यसमा उहाँले २७ प्रतिशत मत ल्याएर तेस्रो स्थान हासिल गर्नुभएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us