टी-२० वरीयतामा दीपेन्द्रको थप छलाङ

नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीले आइसिसी टी-२० वरीयतामा छलाङ मारेका छन्।

उनी टी-२० अन्तर्राष्ट्रियको अलराउन्डरको वरीयतामा तीन स्थान सुधार गर्दै छैटौं स्थानमा पुगेका छन्। ऐरीले भारतका हार्दिक पाण्ड्या इंग्ल्याण्डका मोइन अलीलाई पनि पछि पारेका छन्।

टी-२० विश्वकपमा तीन खेल हुँदा ऐरीले ६ विकेट र ३२ रन हानेका थिए।

अल राउन्डरको शीर्षस्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस छन्। दोस्रो स्थानमा श्रीलंकाका वानिडु हसरङ्गा छन्।

तेस्रो स्थानमा बंगलादेशका शाकिब अल हसन छन्। चौथो स्थानमा अफगानिस्तानका मोहम्मद नाबी र पाँचौं स्थानमा जिम्बावेका सिकन्दर राजा छन्।

भारतका हार्दिक पाण्ड्या, इंग्ल्याण्डका लियाम लिभिङस्टोन र मोइन अलि दीपेन्द्रसिंह ऐरीभन्दा पछाडि छन्।
कप्तान रोहित पौडैल पनि अलराउन्डरमा ११ स्थान सुधार गर्दै ५५ औं स्थानमा छन्।

टि-२० को ब्याटिङ वरीयतामा पनि ६ स्थान सुधार गर्दै ऐरी ४६ औं स्थानमा उक्लिएका छन्।
ब्याटिङ वरीयतामा रोहित पौडेल ६१ औं र आशिफ शेख ६९ औं स्थानमा छन्।

त्यसैगरि T20 World Cup Fantasy Team काे set 4 मा कुशल भुर्तेल Batter र दीपेन्द्रसिंह ऐरी अलराउन्डरमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us