चन्द नेतृत्वको नेकपालाई चुनावमा सहभागी हुनु सकारात्मक हो : अध्यक्ष नेपाल

काठमाडौं । नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई चुनावमा सहभागी गराउनसक्नु सकारात्मक भएको बताउनुभएको छ । कार्यकर्ता प्रशिक्षणका लागि सोमबार पर्वत आएका नेता नेपालले सञ्चारकर्मीहरुले राखेको जिज्ञासामा उक्त कुरा बताउनुभएको हो ।

पछिल्लो समय एमाले छोडेर समाजवादीमा प्रवेश गर्ने लहर चलेको बताउँदै उनले आइतबार मात्रै डोल्पामा १३ सय ८८ जना एमाले छोडेर समाजवादीमा प्रवेश गरेको बताउनुभयो । नेता नेपालले पर्वतमा निर्मित साहसिक खेलहरु जीपलाइन, स्काई बृज, बन्जी लगायतको समेत अवलोकन गरेका थिए ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थीतिमा पुगेको हो भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले भन्नुभयो, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । विप्लवजीको समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ । उहाँलाई स्वागत छ ।’ अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु भनेको समग्र मुलुककै लागि फाइदाजनक भएको पनि बताउनुभयो ।

चुनावको मिति सार्ने हल्ला छ, गठबन्धन सरकार त्यो स्थीतिमा पुगेको हो ? भन्ने सञ्चारकर्मीहरुको जिज्ञासामा उहाँले भन्नुभयो, ‘अहिलेका लागि ३० गते नै निर्वाचन हुन्छ भनेर एकलव्य भएर सोच्नुस् । विप्लवजीको समूहलाई समावेश गर्ने कुरा आयो भने राम्रो हुन्छ । उहाँलाई स्वागत छ ।’ अध्यक्ष नेपालले विद्रोही विचार बोकेको एउटा समूह शान्तिपूर्ण राजनीतिमा आउनु भनेको समग्र मुलुककै लागि फाइदाजनक भएको पनि बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us