एक राउण्ड गोलीसहित युवती पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सोमबार एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् । मलेसिया हुँदै जापान जान लागेकी तनहुँकी २७ वर्षीया सोबिता नेपालीलाई प्रहरीले सोमबार पक्राउ गरेको हो ।
प्रहरीका अनुसार तनहुँको भानु नगरपालिका ७ की स्थायी बासिन्दा नेपालीको झोला जाँचको क्रममा मनीपर्सभित्र के एफ १३५.५६ लेखिएको गोली फेला परेको हुँदा आवश्यक अनुसन्धानका लागि कारबाहीका लागि नेपालीलाई महानगरीय प्रहरी वृत्त गौशाला पठाइएको छ ।
नेपाल एयरलाइन्सको उडानबाट ती युवती मलेसिया जाने तयारीमा रहेको प्रहरीले जनाएको छ । प्रहरीले जारी गरेको विज्ञप्तिमा लेखिएको छ, तनहुँ साविक बसन्तपुर गाविस वडा नं६ हाल परिवर्तित भानु नपा वडा ७ स्थायी वतन भएकी वर्ष २७ की सोबिता नेपालीले लिई आएको घ्यू रंगको लेडिज हाते ब्यागलाई यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फको प्रस्थान होल्ड ब्यागेज चेकिङ मा चेकजाँच गर्ने क्रममा उक्त ब्यागभित्र रहेको कालो रंगको मनीपर्स भित्र छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us