काठमाडौं । २५ तोला सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन जना पक्राउ परेका छन् । आइतवार एयर अरेबियाको उडानमार्फत् सारजाहाबाट काठमाडौं आएका उनीहरूलाई ३०० ग्राम अर्थात् २५ तोला सुनसहित पक्राउ गरेको विमानस्थल सुरक्षा प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए ।
पक्राउ पर्नेमा रसुवा नौकुण्ड गाउँपालिका–१ का ३२ वर्षीय सुकुराम लामा, २७ वर्षीय पेम्बा थोक्रा र २२ वर्षीया बुद्धिमान तामाङ रहेका छन् । उनीहरूले लगाएको जिन्स पाइन्टमा फल्स बटम बनाएर प्रत्येकले ९९.९६ ग्रामका दरले सुन लुकाएर ल्याएको प्रहरीले बताएको छ ।