आज थप २४ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य

काठमाडाैं । पछिल्लाे २४ घण्टामा देशभर थप २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे पछिल्लाे जानकारी अनुसार ५ हजार १४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लाे २४ घण्टामा काेराेना संक्रमणबाट कसैकाे पनि मृत्यु नभएकाे मन्त्रालयले जनाएकाे छ ।

पछिल्लो २४ घण्टामा थप ४६ जना निको भएका छन् । नेपालमा हाल निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएकाे छ । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ५६८ मा झरेकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us