काठमाडौँ उपत्यकामा आजबाट मेलम्चीको पानी पठाइने

काठमाडौं । मेलम्चीको खानेपानी आयोजनाबाट काठमाडौँ उपत्यकामा मङ्गलबारदेखि पुनः पानी पठाइने भएको छ।  मंगलबार बिहान सिन्धुपाल्चोकस्थित मेलम्ची आयोजनाको मुख्य द्वार ३८ नम्बरको ढोका खोलो सुरुङमा पानी पठाएर आयोजना पुनः सञ्चालन गरिने आयोजनाले जनाएको छ।

मेलम्ची खानेपानी आयोजनाको पानी भोलि सुरूङमा खसालिने भएको छ । गत २ असारमा आएको बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजना मर्मत सम्भारपछि सुरूङमा पानी खसाल्न लागेको हो । नेपाल सरकारद्वारा सार्वजनिक नीति तथा कार्यक्रममा समेत मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र काठमाडौँ उपत्यकामा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको थियो ।​  मंगलवार आयोजना पुनः सञ्चालनमा आएपछि २७ किलोमिटर सुरुङमार्गमार्फत दैनिक १७ करोड लिटर पानी सुन्दरीजलस्थित प्रशोधन केन्द्रमा पठाइने छ । 

बाढीले क्षतिग्रस्त मेलम्चीको मुहान मर्मत सम्भार सकिएसँगै पानी खसालिन लागेको मेलम्ची खानेपानी आयोजनाका कार्यकारी निर्देशक वासुदेव पौड्यालले जानकारी दिनुभयो । 

मंगलवार सुरूङमा पानी खसालिने भए पनि सुरूङमा पानी भरिएर काठमाडौं आइपुग्न भने केही दिन लाग्ने उहाँले जानकारी दिनुभयो ।  अहिले हेडवर्क्स र सुरूङ सफा गर्ने बाहेकको अन्य काम भने नसकिएको उहाँले बताउनुभयो ।  गत असारमा आएको बाढीले हेडवर्क्स पुरेको थियो भने सुरूङमा सामान्य क्षति पुगेको थियो । मंगलबार सुरूङमा पानी हालिने, सो पानी सुन्दरीजलस्थित वाटर ट्रिटमेन्ट प्लान्टमा आइपुग्न केही दिन लाग्नेछ । 

असार १ र साउन २७ गते सिन्धुपाल्चोकको मेलम्चीखोलामा आएको बाढीले आयोजनामा क्षति पुर्याएपछि आयोजनाबाट पानी सञ्चालन पूर्ण रूपमा बन्द भएको थियो। प्रधानमन्त्री शेरबहादुर देउवाले गत माघ ७ गते देशबासीका नाममा सम्बोधन गर्दै बाढीले क्षतिग्रस्त मेलम्ची खानेपानी आयोजना चैत मसान्तभित्र सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । 

हेडवर्क्स र सुरूङ सफा गर्ने सकिएसँगै पानी सुरूङमार्गमा खसालिन लागिएको उहाँको भनाइ छ । अस्थायी रूपमा मेलम्ची खानेपानी चैत मसान्तभित्र काठमाडौं झार्ने सरकारको योजना थियो । सोही अनुसार मर्मत सम्भारको कामलाई तीव्रता दिएको थियो । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us