विदेशी मुद्राको सञ्चिति सात महिनाका लागि पर्याप्त छ: अर्थमन्त्री शर्मा

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताउनुभएको छ ।  अर्थमन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री शर्माले मुन्द्राको सञ्चिति करिब सात महिनाका लागि पर्याप्त रहेको बताउनुभएको हो । 

असार मसान्त २०७८ सम्म १३९९ अर्ब ३ करोड रुपैयाँ रहेको विदेशी विनिमय सञ्चिति १६.२ प्रतिशतले कम भई फागुन मसान्त २०७८ सम्म ११७१ अर्ब रुपैयाँ कायम भएको उहाँले बताउनुभएको छ । उहाँले विलासिताका वस्तु आयात निरुत्साहित गर्ने, रेमिट्यान्स बढाउन श्रमिकहरुको सञ्चित लगानी कोष स्थापना गर्ने तथा विदेशमा रहेका कामदारलाई आईपिओ र एफपीओमा कोटा छुट्याउने निर्णय पनि मन्त्रिपरिषदमा पठाएको बताउनुभयो ।

अर्थमन्त्री शर्माले सरकारी सुविधाको इन्धन खर्च २० प्रतिशत कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषदमा पठाएको जानकारी पनि दिनुभयो । ‘वर्तमान अवस्थालाई मनन् गरि सरकारी निकाय सुविधाबाटको इन्धन खर्च घटाइ शान्ति सुरक्षा, निर्वाचन, विकास आयोजना तथा अत्यावश्यक सेवा बाहेकलाई मितव्ययिता बनाउन थप २० प्रतिशत इन्धन उपभोग घटाउने गरी व्यवस्था मिलाउने प्रस्ताव मन्त्रिपरिषदमा पठाएका छौं,’ अर्थमन्त्री शर्माले भन्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us