पहिलो हाइड्रोजन इञ्जिन सवारीसाधन संरक्षण प्रविधिको प्रदर्शन

भाद्र ३१, काठमान्डाैँ:- रिन्यूजेन रिसोर्सेस नेपालले म गते पुलचोक ईन्जिनियरिङ्ग क्याम्पस तथा नेपाल विद्युत् प्राधिकरण -ने.वि.प्रा_ को सहकार्य तथा बुटवल पावर कम्पनीको सहयोगमा संचालित   Demonstration of “First Hydrogen Internal Combustion Engine Conservation Technology” विषयक कार्यक्रम सम्पन्न भयो ।

उक्त कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रि मा. देबेन्द्र दाहालको प्रमुख आतिथ्यमा र सहाएक डीन चिन्तामणी पोख्रेलको सभापतित्वमा समापन गरिएको थियो । उक्त कार्क्रममा माननिय ठाकुर गैरे, पूर्वमन्त्रि कर्ण बहादुर थापा, सचिव केशब कुमार शर्मा, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्ग, वैकल्पिक उर्जा प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक नवराज ढकाल, वातावरण विभागका उपमहानिर्देशक सहितका उच्चपदस्त महानुभावहरुको उपस्थिति रहेको थियो। साथै ईन्जिनियरिङ्ग अध्ययन संस्थान पुल्चोक क्याम्पसका क्यम्पस प्रमुख ईन्द्र प्रसाद आचार्य लगाएत प्राध्यापकहरु, वैज्ञानिक तथा सहाएक डीन चिन्तामणी पोख्रेलको उपस्थिति रहेको थियो। यसैगरि विभिन्न राजदुतावासका प्रतिनिधिहरु तथा निजि क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा रिन्यूजेन रिसोर्सेस नेपालका विज्ञ तथा प्रतिनिधिहरुले प्रविधिको वारे प्रष्ट्याउनु भयो भने बुटवल पावर कम्पनी लि. का प्राविधिक निर्देशक प्रतिकमान प्रधान ज्यू ले आफ्ना भनाई राख्नुभयो।

कार्यक्रमका मुख्य भनाईहरु

  • मा. देबेन्द्र दाहाल – उक्त कार्यक्रममा मा. मन्त्रि द्वारा जलवायु परिवर्तनमा जिवाश्म उर्जालाई हाईड्रोजनले प्रतिश्थापन गराउनु पर्ने तथा यसको उपयोगले नेपलको उर्जा आयातको खर्वौ रुपैया जोगाउन सकिनेछ। यस प्रकृतिका अनुसन्धानलाई नेपाल सरकारले प्राथमिकता दिने प्रतिबद्दता जाहेर गरुनुभयो।
  • केशब कुमार शर्मा- त्यसैगरि आवश्यक कानुन निति नियम समयानुकुल परिमार्जन तथा समय सापेक्ष गराई हरित हाईड्रोजनको प्रणाली विकाशमा प्राथमिकता दिने प्रतिबद्दता जाहेर गर्नुभयो।
  • माननिय ठाकुर गैरे – आवश्यक कानुन निति नियम वनाउन संसद तथा पार्टिमा ससक्त आवाज उठाउने प्रतिबद्दता जाहेर गर्नुभयो।

  • कर्ण बहादुर थापा – नेपालमा यस्ता अनुसन्धानमा ब्यापक रहेको हुँदा विस्तृत अनुसन्धान गरिनु तथा प्रचार प्रसार समेत गरिनु जरुरी रहेको भनाई राख्नु भयो।
  • प्रतिक मान प्रधान – रिन्यू जेन रिसोर्स संगै मिलेर बुटवल पावर कम्पनी ले संयुक्त रुपमा हाईड्रोजन रिसर्च संचालन गर्ने विषयमा प्रतिबद्दता जाहेर गर्नुभयो।
  • क्यम्पस प्रमुख ईन्द्र प्रसाद आचार्यले विश्व विद्यालय तथा निजि संघसंस्था मिलेर अनसन्धानलाई उत्पादन संग जोड्दै राष्ट्रनिर्माणमा लागिनु पर्ने विषयलाई बढावा दिनुपर्ने विषय राख्नुभयो ।
  • उक्त मिक्स फ्यूल गाडी को सार्वजनिक गर्दै मा. मन्त्रि पुर्वमन्त्रि सचिव सभासद तथा नेविप्राका कार्यकारी प्रमुख लगाएतका उच्च पदस्त महानुभावहरुले सवार गरि अनुसन्धानलाई हौसला प्रदान गर्नुभयो।

डा. प्रमोद टण्डन

प्रमुख कार्यकारी अधिकृत

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us