आजको नेप्से सय एक दशमलव सात अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा कायम

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नै नेप्सेमा हरियाली देखिएको छ । नेप्से आज एक सय एक दशमलव सात अंकले बढेर २६ सय ६७ दशमलव ९७ अंकमा पुगेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि १६ दशमलव ३७ अंकले बढेर पाँच सय नौ दशमलव ९० अंकमा पुगेको छ ।

दुई सय २८ कम्पनीको ६४ हजार ६ सय ३५ पटकको कारोबारमा ९० लाख २२ हजार आठ सय ९० कित्ता सेयर किनबेच भएका छन् भने कुुल कारोबार रकम चार अर्ब ८७ करोड सात लाख १५ हजार तीन सय ८७ रुपैयाँ पुगेको छ ।

१३ समूहको कारोबार भएकामा सबै समूहहरूको सूचक बढेर नेप्से पूरै हरियो भएको छ । सोमध्ये वाणिज्य बैंक समूहको सूचक ५४ दशमलव ७१ अंकले बढेर १७ सय १९ दशमलव ६८ अंकमा चढेको छ । विकास बैंक समूहको सूचक पनि दुई सय १० दशमलव ५६ अंकले बढेर ४६ सय ५२ दशमलव ९२ अंक पुगेको छ ।

जलविद्युत् समूहको सूचक पनि ७५ दशमलव ६५ अंकले बढेर ३१ सय ९५ दशमलव ७९ अंकमा चढेकामा निर्जीवन बिमा समूहको सूचक पनि पाँच सय ६७ दशमलव ८७ अंकले बढेर ११ हजार नौ सय ६५ दशमलव ६० अंकमा चढेको छ । यसैगरी जीवन बिमा समूहको सूचक पनि नौ सय २२ दशमलव १६ अंकले बढेर १४ हजार दुई सय १३ दशमलव ५४ अंकमा चढेकामा फाइनान्स, ट्रेडिङ, होटेल तथा पर्यटन, उत्पादनमूलक, अन्य, लघुवित्त, सामूहिक लगानी कोष र लगानी समूहहरूको सूचक पनि उच्च अंकले बढेका छन् ।

नेप्सेमा आज ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता सेयर मूल्य १० प्रतिशतले बढेर ६ सय २१ रुपैयाँ ५० पैसा अन्तिम मूल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा मेगा म्युचुअल फन्डको प्रतियुनिट सेयर मूल्य दुई दशमलव ९३ प्रतिशतले घटेर आठ रुपैयाँ ९३ पैसामा प्रतियुनिट सेयर कारोबार भएको छ ।

यसैगरी आज शिवम् सिमेन्टको प्रतिकित्ता १२ सय ५१ रुपैयाँ अन्तिम मूल्यमा ३४ करोड ३६ लाख ५० हजार नौ सय ५४ रुपैयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरूको कुल कारोबार रकममध्ये सबैभन्दा बढी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us