काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादीको चुनावी प्रचार सामग्रीमा प्रयोग भएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको फोटो हटाउनु भएको छ ।
कुलमानको फोटो प्रयोग भएकोमा निकै आलोचना भएपछि अध्यक्ष प्रचण्डले आफ्नो सामाजिक सञ्जालमा राखेको प्रचार सामग्री हटाउनु भएको हो । विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले पनि चुनावी प्रचार सामग्रीमा प्रयोग भएको आफ्नो फोटो हटाउन माओवादीलाई आग्रह गर्नु भएको थिए ।
पार्टी अध्यक्ष पुष्पकमल दाहालको आधिकारिक फेसबुक पेज ‘क. प्रचण्ड’ बाट बुधबार सार्वजनिक गरिएको डिजिटल पोस्टरमा अध्यक्ष प्रचण्डसँगै अर्थमन्त्रीसमेत रहेका नेता जनार्दन शर्मा र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको तस्बिर राखिएको थियो । तर, अहिले त्यो पोष्ट हटाइएको छ र त्यसमा प्रचण्डको मात्र तस्वीर अंकित सामग्री राखिएको छ ।