आज थप १९ जनामा कोरोना पुष्टि, मृत्यु भने शून्य

काठमाडौं । नेपालमा १९ जना कोरोनाका बिरामी थपिएका छन् । ४ हजार ७ सय १५ जनामा गरिएको परीक्षणमा १९ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

संक्रमितमध्ये ५ जना काठमाडौं उपत्यकाका हुन् । जसमा काठमाडौंका ४ जना र ललितपुरका १ जना रहेका छन् । यो दशमलव ४ प्रतिशत संक्रमणदर हो । देशभर ५ सय २० जना आइसोलेसनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा ४९ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणका कारण यो अवधिमा कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

सोही अवधिमा ५६ हजार ७ सय ३५ मात्रा कोरोनाविरुद्धको खोप लगाइएको अधिकारीले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us