नेपाल प्रिमियर लिग (एनपिएल)मा आज दुई खेल हुने

काठमाडौँ: नेपाल प्रिमियर लिग (एनपिएल)मा आज सोमबार दुई खेल हुने भएका छन्। पहिलो खेलमा काठमाडौं गुर्खाज र चितवन राइनोजले प्रतिस्पर्धा गर्दैछन्। यो खेल बिहान ९ः१५ बजे सुरु हुनेछ। दुबै टोलीले आज आफ्ना पहिलो खेल खेल्दैछन्।

त्यस्तै, जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच दिउँसोको खेल हुनेछ। यो खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ। दुबै खेल कीर्तिपुरस्थित टियु मैदानमा खेलिनेछ।

उद्घाटन खेलमा विराटनगर किंग्सलाई पराजित गरेको जनकपुर बोल्ट्स लगातार दोस्रो जितको खोजीमा छ।
यता, भारतीय पूर्वओपनर शिखर धवनलाई अनुबन्ध गरेर चर्चामा आएको कर्णाली याक्सले पहिलो खेलमै जित निकालेर सुखद सुरुवात गर्न चाहन्छ।

#एनपिएल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us