नेपाल प्रिमियर लिग २०२४ आजको खेल र अंक तालिकाबारे जानकारी

काठमाडौं। नेपाल प्रिमियर लिग (NPL) २०२४ अन्तर्गत आज त्रिभुवन विश्वविद्यालयको मैदानमा दुई खेलहरु हुँदैछन्। बिहानको खेलमा लुम्बिनी लायन्सकर्णाली एक्स प्रतिस्पर्धा गर्दैछन्। लुम्बिनी शीर्ष चारको होडबाट बाहिरिइसकेको छ, तर कर्णालीका लागि यो खेल जित्नुपर्ने दबाब छ।

दोस्रो खेल दिउँसो बिराटनगर किङ्सचितवन राइनोज बीच हुनेछ। बिराटनगरका लागि आजको खेल अति महत्त्वपूर्ण छ, किनभने पराजित भए उनीहरु लिग चरणबाट बाहिरिनेछन्।

हालको अंक तालिका

  1. सुदूरपश्चिम रोयल्स – ५ खेलबाट ८ अंक (४ जित, १ हार), NRR: +2.47
  2. जनकपुर बोल्ट्स – ५ खेलबाट ८ अंक (४ जित, १ हार), NRR: +0.23
  3. चितवन राइनोज – ५ खेलबाट ६ अंक (३ जित, २ हार), NRR: +1.07
  4. कर्णाली एक्स – ५ खेलबाट ६ अंक (३ जित, २ हार), NRR: +0.06
  5. काठमाडौं गुरखाज – ५ खेलबाट ४ अंक (२ जित, ३ हार), NRR: -1.01
  6. पोखरा एभेन्जर्स – ५ खेलबाट ४ अंक (२ जित, ३ हार), NRR: -1.30
  7. लुम्बिनी लायन्स – ६ खेलबाट २ अंक (१ जित, ५ हार), NRR: -0.54
  8. बिराटनगर किङ्स – ५ खेलबाट २ अंक (१ जित, ४ हार), NRR: -1.34

आगामी खेलहरू

  • डिसेम्बर १४: जनकपुर बोल्ट्स Vs पोखरा एभेन्जर्स
  • डिसेम्बर १५: सुदूरपश्चिम रोयल्स Vs काठमाडौं गुरखाज
  • डिसेम्बर १६: बिराटनगर किङ्स Vs कर्णाली एक्स

यो लिगको शीर्ष चार टोलीले प्लअफ चरणमा स्थान पक्का गर्नेछन्, जसमा पहिलो क्वालिफायर र एलिमिनेटर खेलहरू डिसेम्बर १८ मा हुनेछन्। फाइनल खेल डिसेम्बर २१ मा हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us