धुर्कोटमा राष्ट्रिय परिचयपत्र दर्ता शिविरका अपरेटरलाई सम्मान सहित बिदाई

धुर्कोट गाउँपालिकामा २०८१ मंसिर १७ गतेदेखि सुरु भएको राष्ट्रिय परिचयपत्र दर्ता शिविरमा हालसम्म ३८६ जना सेवाग्राहीले सेवा लिएका छन्। यो शिविरले गाउँपालिकाका ७ वटै वडाका नागरिकहरूको विवरण संकलन गर्दै परिचयपत्र वितरणको प्रक्रिया अघि बढाएको छ।

कार्यक्रमको अन्त्यमा, शिविरमा उल्लेखनीय योगदान पुर्‍याएका अपरेटर सुन्दर जी.सी.लाई मायाको चिनो प्रदान गर्दै सम्मान सहित बिदाई गरियो। शिविरमा नागरिकता भएका सबै व्यक्तिहरूको बायोमेट्रिक विवरण संकलन गरी परिचयपत्र वितरणको तयारी गरिएको छ। यस अभियानमा प्रत्येक वडामा दुईवटा दर्ता केन्द्र र चारजना अपरेटरहरूको टोली परिचालित गरिएको थियो।

राष्ट्रिय परिचयपत्र दर्ताको महत्त्वबारे सचेतना फैलाउँदै, धुर्कोट गाउँपालिकाका अध्यक्ष भुपाल पाेखरेलको नेतृत्वमा टोलीले शिविरको अनुगमन समेत गरेका थिए। परिचयपत्र वितरणका लागि सम्पूर्ण सेवाग्राहीलाई नागरिकता र सम्बन्धित कागजातका सक्कल प्रमाण लिएर उपस्थित हुन अनुरोध गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us