धुर्कोट गाउँपालिकामा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

धुर्कोट गाउँपालिकाको सभा हलमा आयोजित लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान कार्यक्रम मंसिर २६ गते समापन भएको छ। महिला, बालबालिका तथा जेष्ठ नागरिक इकाईको आयोजनामा “हामी सबैको प्रतिबद्धता: लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता” भन्ने राष्ट्रिय नाराका साथ यो कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा जनप्रतिनिधि, स्थानीय कर्मचारी, महिला स्वास्थ्य स्वयंसेविका, विद्यार्थी लगायतको उल्लेख्य उपस्थिति रहेको थियो। सहभागीहरूले लैङ्गिक हिंसा अन्त्य गर्न समुदायस्तरमा जागरूकता फैलाउने, ऐक्यबद्धता कायम राख्ने, र नीतिगत सुधारको पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

धुर्कोट गाउँपालिकाले यो अभियानलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई धन्यवाद दिदै, आगामी दिनमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us