धुर्कोट गाउँपालिकाको आयोजनामा आज नयाँगाउँमा सुन्तला जात फलफुल खेती क्षेत्र पहिचान, प्रशिक्षण र कृषक सम्मान कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा किसानहरूको परिश्रमको कदर गर्दै गाउँपालिकाका किसानहरूलाई सम्मान गरिएको थियो। कार्यक्रमका अध्यक्षता धुर्काेट गाउँपालिकाका अध्यक्ष भूपाल पोखरेलले गर्नुभएको थियो।कार्यक्रमको मुख्य उद्देश्य सुन्तला जातका फलफुल खेतीको सम्भावना पहिचान गर्नु, कृषकहरूलाई आवश्यक ज्ञान, प्रविधि र स्रोत साधनमा पहुँच उपलब्ध गराउनु रहेको थियो। साथै, यस क्षेत्रमा सुन्तला खेतीको व्यावसायिक विस्तार र उत्पादन वृद्धिका लागि आवश्यक प्रशिक्षण पनि दिइएको थियो।कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष भूपाल पोखरेलले कृषकहरू देशको मेरुदण्ड भएको उल्लेख गर्दै उनीहरूको हौसला अभिवृद्धि गर्न पालिकाले भविष्यमा पनि विभिन्न सहयोग कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिवद्धता जनाउनुभयो। उहाँले कृषि क्षेत्रको विकासका लागि आधुनिक प्रविधि भित्र्याउने र कृषकहरूलाई आवश्यक तालिम, बीउबिजन तथा अनुदानको व्यवस्थापन गर्न गाउँपालिका निरन्तर लागिपरेको बताउनुभयो।भूपाल पोखरेलले आफ्नो कार्यकालमा कृषकहरूको आर्थिक तथा सामाजिक विकासका लागि विभिन्न कृषि अनुदान कार्यक्रम, तालिम गोष्ठीहरू, सिँचाइ व्यवस्थापन र बजार पहुँच सुनिश्चित गर्ने कार्यक्रमहरू सञ्चालन गर्नुभएको छ। उहाँले सुन्तला खेतीलाई सम्भावनायुक्त क्षेत्रका रूपमा विकास गर्न कृषकलाई बजारीकरण, प्रशोधन र गुणस्तरीय उत्पादनका उपायहरूबारे सचेत गराउँदै आएका छन्।कार्यक्रममा किसानहरूले आफ्नो अनुभव साझा गरेका थिए भने उत्कृष्ट किसानहरूलाई प्रमाणपत्र र सम्मान प्रदान गरिएको थियो। कृषकहरूको क्षमता विकासका लागि प्रशिक्षकहरूबाट विशेष सत्र सञ्चालन गरिएको थियो।स्थानीय जनताले भूपाल पोखरेलको नेतृत्वमा कृषि क्षेत्रमा उल्लेखनीय सुधार आएको बताउँदै उहाँको योगदानको खुलेर प्रशंसा गरेका छन्। उहाँको पहलमा धुर्कोट गाउँपालिकाले कृषकहरूको हितमा सुन्तला खेतीको उत्पादन तथा बिक्रीलाई व्यवस्थित र दिगो बनाउन निरन्तर क्रियाशील रहेको छ।
*”भूपाल पोखरेलको नेतृत्वमा धुर्कोट गाउँपालिकाले कृषि विकासको यात्रामा थप नयाँ उचाइ हासिल गर्ने अपेक्षा गरिएको छ।”








