काठमाडौंको मूलपानी क्रिकेट मैदानमा जारी एकदिवसीय यू–१९ सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङलाई २९८ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २९७ रन बनायो।
नेपालका लागि ओपनर सोहिल कुँवरले १०९ बलमा ९ चौका र १ छक्कासहित सर्वाधिक ८१ रनको योगदान दिए। त्यस्तै, सन्तोष यादव ६६ रनमा अविजित रहे भने कप्तान अभिषेक तिवारीले २६, अपराजित पौडेलले ११ र दिलसद अलिले ४१ रन बनाए। बलिङतर्फ हङकङका डेनियल म्यापले ३ विकेट लिए।
सिरिजअन्तर्गत पहिलो खेलमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको थियो।