रोहितलाई पछि पार्दै रवि बोपाराले बनाए उच्च स्कोर

चितवन राइनोजका ब्याटर रवि बोपारा नेपाल प्रिमियर लिग (एनपीएल) मा हालसम्म सर्वाधिक रन बनाउने खेलाडी बनेका छन्। लुम्बिनी लायन्सका कप्तान रोहित पौडेललाई पछि पार्दै बोपारा शीर्ष स्थानमा उक्लिएका हुन्।

जारी एनपीएलमा आठ खेल खेलेका बोपाराले कुल २८६ रन बनाएका छन्। कर्णाली याक्सविरुद्धको इलिमिनेटर खेलमा उनले ३४ बलमा ५३ रनको अर्धशतकीय इनिङ्स खेले, जसमा ४ छक्का र ३ चौका समावेश थिए।

यससँगै, बोपारा एनपीएलमा तीनवटा अर्धशतक बनाउने पहिलो खेलाडी पनि बनेका छन्।

सर्वाधिक रन बनाउने खेलाडीहरूको सूचीमा दोस्रो स्थानमा रहेका रोहित पौडेलले सात खेलमा २७९ रन बनाएका छन्। उनको टोली लुम्बिनी लायन्स प्रतियोगिताबाट बाहिरिसकेको छ।

तेस्रो स्थानमा पोखरा एभेन्जर्सका आन्द्रेस गौस छन्, जसले ६ खेलमा २२४ रन बनाएका छन्। चौथो स्थानमा रहेका कुशल मल्लले आठ खेलमा २३३ रन बनाएका छन्।

यद्यपि, बोपाराको टोली चितवन राइनोज उपाधि होडबाट बाहिरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us