काठमाडौं । एकीकृत ट्रेड युनियन महासंघ नेपाल बागमती प्रदेशस्तरीय भेला काठमाडौंमा सम्पन्न भएको छ । कमलादीस्थित प्रज्ञाप्रतिष्ठानको हलमा एकीकृत ट्रेड युनियन महासंघ नेपालका संरक्षक मुकुन्द न्यौपानेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
भेलालाई महासंघका महासचिव दिपक पौडेल र अध्यक्ष बिष्णु लम्सालले सम्बोधन गर्दै मजदुर बिरोधी गतिविधिमा संलग्न जिफन्टलाई सुधार्न नसके पछि बिद्रोह गरेर नयाँ महासंघ बनाउनुपरेको बताउनुभएको थियो । गैर मजदुरहरू हावी भएको संस्थाले मजदुरलाई नेतृत्वबाट हटाउने कामको थालनी गरेपछि सबै घटकका श्रमिक नेतृत्वहरू मिलेर नयाँ संगठन निर्माण गर्नुपरेको उहाँहरुको भनाई छ ।
संरक्षक न्यौपानले भने श्रमिकको समस्या बुझेर काम गर्दै अगाडि बढ्नुपर्ने धारणा राख्नुभएको छ । भेलाले गोविन्द अर्यालको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसमा उपाध्यक्ष माधव बञ्जरा, सचिवमा प्रदिप श्रेष्ठ , सहसचिवमा देवी मैनाली छन् ।
त्यस्तै, सदस्यहरूमा शिव केसी , बिष्णु केसी , टीका जिसी, इश्वरी कडेल, इन्द्र न्यौपाने , मणि पाठक , नारायण अधिकारी , अनिता आचार्य , सूर्य किरण, नन्दु महतो, बिष्णु लामिछानेगुरूङ, कृष्णशरण लामिछाने , रमेश चौलागाईं , नारायण नेपाल , ज्ञानबहादुर तामाङ , रामबहादुर बिक र कुमार पुरी सर्वसम्मत चयन भएका छन।