दैवको अघाडि कस्को के नै लाग्छ र? लामो समयदेखि क्यान्सरजस्तो गम्भीर रोगसँग संघर्ष गर्दै आएका विवेक पंगेनीको दुःखद निधनले सम्पूर्ण परिवार, आफन्तजन र शुभचिन्तकलाई गहिरो शोकमा डुबाएको छ।
हरदम श्रीमानको आयुको लागि प्रार्थना गर्दै आएकी उनकी धर्मपत्नी शृजनालाई यो असह्य पिडालाई सहन धैर्य शक्ति प्राप्त होस् भन्ने कामना छ। विवेक, तिमीले धर्ती लोकमा धेरै दुःख सह्यौ, अब स्वर्ग लोकमा भगवान्ले तिमीलाई सुसमृद्धि र सुख प्रदान गरून्।
हामी सबैले यस शोकको घडीमा दिवंगत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै, परिवारलाई धैर्य धारण गर्ने शक्ति मिलोस् भन्ने कामना गरौँ।
“हरि नामको सत्य, आत्माले शान्ति पावोस।”
हार्दिक श्रद्धाञ्जली!