धापासी हाइटमा आगलागि

काठमाडौं, टोखा नगरपालिका वडा नं. ६, धापासीस्थित शिव मन्दिर हाइटमा बिहीबार साँझ भीषण आगलागी भएको छ। स्थानीय भाइकाजी श्रेष्ठको साढे तीन तलाको घरमा साँझ साढे ५ बजे माथिल्लो तलाबाट सुरु भएको आगोले घर पूर्ण रूपमा जलेको छ। अरु नजिकैको दुई घरलाई पनि क्षति भएको जानकारी आएको छ।

काठमाडौं, ललितपुर, भक्तपुर लगायतका स्थानबाट आएका दमकलहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार, आगलागीबाट घर पूर्ण रूपमा जले पनि मानवीय क्षति भने नभएको पुष्टि भएको छ।

आगलागीको कारण र क्षतिको विस्तृत विवरण भने हालसम्म प्राप्त भएको छैन। प्रारम्भिक विवरण अनुसार ग्यास हिटरबाट आगो फैलिएको जनाइएको छ। प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us