काठमाडाैं । प्रेस काउन्सिल नेपालले स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता, निर्वाचन आचारसंहिता, २०७८ को ख्याल गर्दै आ–आफ्नो सञ्चार माध्यमबाट स्वतन्त्र भूमिका खेल्न अपिल गरेको छ ।
काउन्सिलले आज एक अपिल जारी गर्दै कुनै दल तथा उम्मेदवारलाई होच्याएर वा गुणगान गाएर, पक्ष वा विपक्षमा समाचार प्रकाशनरप्रसारण नगर्नरनगराउन ध्यानाकर्षण गराएको हो । पत्रकार आचारसंहिता एवं निर्वाचन आचारसंहिता उल्लङ्घन भएको पाइएमा जानकारी गराउन काउन्सिलले सबैमा अनुरोध गरेको छ । काउन्सिलले स्थानीय तह निर्वाचनको मिडिया अनुगमन सुक्ष्म ढङ्गले गरिरहेको छ ।
निर्वाचनको समयमा बढी संवेदनशील र सन्तुलित भई समाचार, विचार, विज्ञापन, सम्प्रेषण गर्नुपर्ने भन्दै काउन्सिलले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन सञ्चार माध्यम तथा पत्रकारलाई सजग गराएको छ । काउन्सिलले सामाजिक सञ्जालमार्फत् यो वा त्यो दल र दलका उम्मेदवारको प्रचार–प्रसारलाई अतिरञ्जना नगर्नरनगराउन सञ्चार माध्यम, पत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्ताहरूमा अपिल गरेको छ ।
उपप्रशासकीय अधिकृत ९सूचना अधिकारी० रामशरण बोहराद्वारा जारी अपिलमा २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकार आचारसंहिता लगायत निर्वाचन आचारसंहिता पालना भएरनभएको अनुगमन गर्नका लागि विशेष अनुगमन कार्यक्रम सञ्चालन भएकाले सचेत हुन भनिएको छ ।