काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार एन्टीजेन र पीसीआर विधिबाट ३ हजार ३ सय ४२ जनाको नमूना परीक्षण गर्दा बिहीवार ४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै, गत २४ घण्टाको अवधिमा ४४ जना कोरोना संक्रमणमुक्त भएका मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, विहिबार ज्यान गमाउनेको संख्या शून्य रहेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा २ हजार २६२ नमूनाको पीसीआर र १ हजार ८० नमूनाको एन्टीजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ जना र एन्टिजेन परीक्षणबाट १ जनामा संक्रमण पुष्टि भएको हो ।