१२ औँ नेपाली टोपी दिवस, वसन्तपुरका केहि तस्बिरहरू

काठमाडौं। १२ औं नेपाली टोपी दिवस विविध कार्यक्रमसहित मनाइएको छ। जागरुक युवा अभियान नेपालको आयोजनामा बुधबार काठमाडौंको वसन्तपुरमा एक विशेष कार्यक्रम गरेर यो दिवस मनाइएको हो।

‘नेपाली टोपी लगाऔं: पहिचान जागाऔं’ भन्ने नाराका साथ यस वर्षको नेपाली टोपी दिवस मनाइएको छ। दौरा सुरुवाल, टोपी र गुन्युचोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएको विरोधमा यो अभियानले नेपाली टोपी (ढाका टोपी र भादगाउँले टोपी) लाई राष्ट्रिय पहिचानका रूपमा मान्यता दिन माग गर्दै टोपी दिवसको आयोजना गर्दै आएको छ।

उनीहरुले ढाकाटोपी र भाद्गाउँले टोपीलाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गर्न सरकारसँग माग समेत गरेका छन् । उनीहरुले नेपाली टोपी लगाऔँ, पहिचान बढाऔँ, हाम्रो राष्ट्रिय पहिचान खै, विश्वको पहिचान पढौँ, नेपाली पहिचान तोकौँ, सामुदायिक टोपीको सम्मान, तपाईं हाम्रो अभियान जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Contact Us