माधव नेपालसँगको वार्तापछि वामदेव गौतमको प्रतिक्रिया: ‘हामी एकजुट हुने भयौं’
राष्ट्रियसभा सदस्य वामदेव गौतम र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव कुमार नेपालबीच आज सम्पन्न वार्ता सकारात्मक रहेको छ। निर्णायक मानिएको यस वार्तापछि वामदेव गौतमले आफू र माधव नेपालबीच एकता सुनिश्चित भएको बताएका छन्।वार्तापछि सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै गौतमले भने, “म र माधवजीबीच एकता हुने सहमति भइसकेको छ। दुवै पार्टीबीच समझदारी गरेर अघि बढ्ने निर्णय भएको छ। पार्टी एकता भएपछि त्यस दिन यसबारे औपचारिक जानकारी दिनेछौँ।”यो वार्ता दुई नेताबीच पार्टी एकता प्रयासलाई निष्कर्षमा पुर्याउन महत्त्वपूर्ण भएको विश्वास गरिएको छ।