धनगढी, पुस २६ – धनगढीमा अटो रिक्सामा सवार भएका बेला बेहोस् भएका एक जनाको मृत्यु भएको छ।
बिहीबार शहीदगेटदेखि चौराहतर्फ गइरहेको सुपप्र ०१००१ ह ४८८७ नम्बरको अटोमा सवार धनगढी उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने ४६ वर्षीय भुवन खत्री अचानक बेहोस् भएका थिए। उनलाई तत्काल उपचारका लागि माया मेट्रो अस्पताल पुर्याइएको थियो।
तर, उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कबिन्द्रसिंह बोहराले जानकारी दिए।
प्रहरीका अनुसार अटो चालक धनगढी उपमहानगरपालिका-४ का ४० वर्षीय नारायण थापा र अटोमा सवार धनगढी-३ का ४२ वर्षीय मन्जुरी खानलाई अनुसन्धानका लागि पक्राउ गरिएको छ।
मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।