कञ्चनपुर, पुस २६ – कञ्चनपुरको भीमदत्त नगरपालिका–१७ मझगाउँ र लालझाडी गाउँपालिका–२ कुन्जाबाट अबैध रुपमा भन्सार छली गरिएका सामान बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी गस्ती टोलीले बेबारिसे अवस्थामा ६२ हजार ३२० रुपैयाँ बराबरको सामान नियन्त्रणमा लिएको हो।
बरामद गरिएको सामानमा चिनी, गुडपट्टी, सुर्ती, बिस्कुट, साबुन, हार्डवेयर र किराना सामान लगायत रहेका छन्। ती सामग्री भारतबाट अबैध रुपमा भन्सार छली गरि ल्याइएको बताइएको छ।
प्रहरीले बरामद सामानबारे थप अनुसन्धान भइरहेको जनाएको छ।